गठबन्धन राष्ट्रिय आवश्यकता हो: शिर्ष नेताहरु
कास्की | बैशाख २५, २०७९
पोखरा: सत्ता गठबन्धनका शिर्ष नेताहरुले संविधानको रक्षाका लागि आफुहरु एक ठाँउमा उभिनु परेको बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनिहरुले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउदै यसलाई जोगाउनु पर्नेमा जोड समेत दिए ।
प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले स्थायित्वका लागि दलहरुका बिचमा सहमति र सहकार्य जरुरी रहेको बताए । गठबन्धन बचाउनका लागि पोखराका लागि मेयर र उपमेयर लगायतका गठबन्धनका उमेदवारहरुलाई जिताउन उनले आग्रह समेत गरे । विपक्षी दलको विरोधलाई सहन नसक्ने ओली प्रवृतिका विरुद्ध गठबन्धन गर्नु परेको उनले बताएका छन् ।
सभापति देउवाले कांग्रेसका लागि गठबन्धनले धेरै फाईदा भएको उल्लेख गरे । उनले गठबन्धनका कारण कांग्रेस फेरी पनि मुलुकको ठुलो दल बन्ने दावी गर्दै एकिकृत समाजवादी र माओवादीले भन्दापनि कांग्रेसले बढि मेहनत गरेर उसका उमेदवारहरुलाई जिताउन उनले निर्देशन दिए । गठबन्धनका उमेदवारहरुलाई जिताउने कांग्रेसका कार्यकर्ताहरुको कर्तव्य भएको सभापति देउवाले बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन गरिएको बताए । प्रचण्डले भने, “संविधान निर्माण गरिसकेपछि र निर्वाचन भएर नयाँ परिस्थिति बनिसकेपछि गत साल ठूलो दुर्घटनामा पर्ने देखा पर्यो । संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर सदन विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास भयो । आम नेपाली जनताको निम्ती लामो समय देखि संघर्ष र बलिदानका थुप्रै किर्तिमानहरु कायम गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन संलग्न सहभागी सम्पूर्ण जनताका लागि दुर्भाग्य कुरा थियो । त्यसैले मुलुकको रक्षाका लागि गठबन्धनको आवश्यक पर्यो ।”
निरकुंशता, तानाशाही र अराजक भूमरीबाट देशलाई बचाउन पाँच दलिय गठबन्धनको उदय भएको उनले बताए । प्रचण्डले गठबन्धन जन्मिएको दिनदेखि नै अवसरवादीहरुले भत्काउन कोसिस गरेको आरोप लगाए । नेपाली जनताको भविष्य प्रति इमानदारी भएर नै गठबन्धन अगाडि बढेको उनले बताए । स्थानीय तहको निर्वाचनले अग्रमन र प्रतिगमन विरुद्धको लडाईलाई प्रष्ट पार्ने भनाई उनको छ । ७० वर्षको लामो संघर्षबाट प्राप्त भएको राजनीतिक र ऐतिहासिक उपलब्धिलाई बचाउन पोखरा महानगरपालिकामा गठबन्धनबाट अघि सारिएका मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन प्रचण्डले आग्रह गरे ।
यस्तै पुर्व प्रधानमन्त्री एंव नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले मुलुकमा अहिले दुई प्रकार गठबन्धनहरु क्रियाशिल रहेको बताए । अध्यक्ष नेपालले अहिले वाम लोकतान्त्रीक प्रगतिशिल र अर्को दक्षिणपन्थि, प्रतिगामी, संविधान, संघियता र गणतन्त्र विरोधी गठबन्धन मुलुकमा रहेको बताए । मुलुकमा भएका धेरै परिवर्तनहरुमा कांग्रेस र कम्युनिष्ट एक भएर लागेको बताउदै अध्यक्ष नेपालले हालसम्मका उपलब्धिका रक्षाका लागि गठबन्धन गरिएको बताए । केपि ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई धोका दिएर भागेको उनले आरोप पनि लगाए ।
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका...

